बिर्तामोड , बैशाख २७ । बिर्तामोड नगरपालिका वडा नं ४ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार हेमकुमार खड्काले चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

वडा नं. ४ मा रहेका ३२ वटै टोलमा उनले घरदैलो गरेका हुन् । वैशाख १८ गते देखि उनले घरदैलो कार्यक्रम सुरु गरेका थिए । घरदैलोका क्रममा मतदाताबाट आफूले राम्रो हौसला पाएको उनले प्रतिक्रिया दिएका छन् । घरदैलो सम्पन्न भएपछि चुनाव चिन्ह जेब्रा पाएका खड्काले सोमबारदेखि मतदाता शिक्षा कार्यक्रम संचालन गरेका छन् । आफ्नो प्रतिस्पर्धा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार राहुल शर्मासंग भएको खड्काले बताए । वडा नं.४ मा ७ हजार ५ सय १२ मतदाता रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्