झापा, बैशाख २७ । वडा र नगरभित्र विकासका योजना ल्याउन सक्ने क्षमताका पात्र हुन् दुर्गा नेम्बाङ । झापाको शिवसताक्षी–१ धरमपुर चर्चाबारी निवासी नेम्बाङ धरमपुरलगायत आसपासका क्षेत्रमा अनेकौ योजनाहरु ल्याउन सफल भएका छन् ।


नेकपा (माओवादी केन्द्र) शिवसताक्षी नगर कमिटीलगायत सो पार्टीसम्बद्ध विभिन्न संघसंगठनहरुमा रहेर नेम्बाङले सक्रिय राजनीति गरिरहेका छन् । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विकासप्रेमी युवा नेता नेम्बाङलाई माओवादी केन्द्रले यस पटक शिवसताक्षी–१ मा वडा अध्यक्षको उम्मेदवार बनाएको छ ।

सडक निर्माण, सडकको स्तरोन्नति, विद्युत विस्तार, विद्युतको क्षमता बृद्धि, सञ्चारमाध्यम (टेलिफोन मोबाइल) को पहुँच र त्यसको विस्तारलगायत कमल खोलाको बाढी नियन्त्रण, कमल खोलाबाट हुने कटानको रोकथाम, पुल, खानेपानीको व्यवस्थापन र स्थानीय समुदायबीचमा आर्थिक र राजनीतिक अधिकारका निम्ति उनले निकै योगदान दिएका छन् ।

लामो समय काठमाण्डौंमा बसोबास गरेर आफ्नो गाउँ फर्केपछि उनी सामाजिक सेवामा सक्रिय छन् । नेम्बाङले यसअघि (२०७४) को निर्वाचनमा अध्यक्षको उम्मेद्वारी दिएका थिए । त्यो समयमा उनी आफ्नो गाउँ फर्केर आएको छोटो समय थियो । यस पटक उनले आफ्नो वडाभित्रको सबै टोलटोल र घरघरमा घुलमिल गरिसकेका छन् ।

समस्या, अभाव र सामाजिक कार्यहरुमा उनको उपस्थिति र सहभागिताले यस पटक उनको उम्मेद्वारीलाई सशक्त मानिएको छ । उनीसँगै सोही वडामा वडाध्यक्ष पदका लागि नेकपा (एमाले) बाट लक्ष्मी चेम्जोङ र नेपाली कांग्रेसबाट रमेशकुमार राईको उम्मेद्वारी परेको छ । यी उम्मेद्वारीहरुबीच नेम्बाङ बलियो र क्षमतावान नेतृत्व हुन् ।
उनको केन्द्रीय , संघीय र प्रदेश सरकारका मन्त्रालयमा पहुँच छ । मन्त्रालयहरु होस् या अन्य सेवा उपलब्ध गराउने प्रशासनिक कार्यालयमा उनको राम्रो सम्बन्ध छ ।
तत्कालीन प्रदेश सांसद हाल प्रदेश कृषि मन्त्री झलकसिंह दर्लामीका स्वकीय सचिव समेत भएर काम गरिसकेका नेम्बाङले वडावासीहरुलाई विकास र समृद्धिको सपनाहरु मात्रै होइन, काम गरेर देखाउन पनि सफल हुनेमा वडावासीहरु ढुक्क छन् ।

त्यसो त, नेम्बाङको पहलमा धरमपुर चौकमा सडकको चौडाइ भएको हो । अव्यवस्थित बिजुलीका तार र इन्टरनेट कम्पनीका तारहरुले धरमपुर बजारको सुन्दरतालाई कुरुप बनाइरहेको थियो । यी सवैको व्यवस्थापनमा उनको भूमिका थियो ।
त्यस्तैं, लक्ष्मीनारायण माध्यमिक विद्यालय पश्चिम कमल खोलामा झोलुङ्गे पुल निर्माणको योजना उनको नेतृत्वमा भएको हो । धरमपुरमा सिंचाईको व्यवस्था , बिजुलीको प्रवन्ध , तार र पोल विस्तारमा उनको महत्वपूर्ण योगदान छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्