झापा , वैशाख २८ । आज दिउँसो सुरुङ्गास्थित पूर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एकजना मोटरसाईकल चालक गम्भीर घाईते भएका छन् ।

दिउँसो १ः३० बजेतिर पूर्वबाट पश्चिमतफ जाँदै गरेको बा १३ च ७१८२ नम्बरको कारमा सोही दिशातर्फ जाँदै गरेको मे २ प ६८३१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई ठोक्किदा पछाडिबाट आउँदै गरेको बा ५ ख ५८३ को नम्बरको बसले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक झापा गाउँपालिका ३ बस्ने ३५ वर्षिय वरुणकुमार चौधरी गम्भीर घाईते भएका छन् । घाईतेलाई उपचारको लागि बि एण्ड सी हस्पिटलमा ल्याईएको र मोटरसाईकल र बस ईलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्