झापा, बैशाख ३० । सर्वसाधारणसंगै राजनीतिक दलका नेताहरुले स्थानीय तहको लागि मतदान गरेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मेचीनगर नगरपालिका –९ को कविशिरोमणी मावि मतदान केन्द्रबाट आज बिहान ८.३५ बजे मतदान गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले हल्दिवारी १ को वडा कार्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

उता पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिकास्थित राष्ट्रिय आधारभूत विद्यालयमा रहको मतदान स्थलमा मतदान गरेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्