झापा , बैशाख ३१ । कनकाई नगरपालिकाको मतगणना शुरु भएको छ ।

वडा नम्बर ९ र ८ बाट मतगणना सुरु गरिएको हो । केहीबेर अघिसम्म ३ सय मतको नतिजा सार्वजनिक गरिसकिएको निर्वाचन अधिकृत दिपक कोइरालाले बताए । ३ सय मत गन्दा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले जेब्रा चुनाव चिन्हबाट १ सय ४१ मत ल्याएका छन् । दोस्रोमा सूर्यको ७७ मत आएको छ भने तेस्रो स्थानमा रहेको रुखले २८ मत पाएको छ । यसैगरी हलोको ९ मत आएको छ ।