झापा , बैशाख ३१ । झापाको बिर्तामोडमा मतगणना शुरु भएको छ ।
बिर्तामोडको वडा नं १ बाट मतगणना शुरु भएको हो । राति सर्वदलीय बैठकबाट सहमति गरेर केहीबेर अघिबाट मतगणना शुरु गरिएको निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्ले बताए । हिजो भएको मतदानमा बिर्तामोडमा ७१.४९ प्रतिशत मत खसेको थियो । १९ हजार ९६७ पुरुष र २१ हजार ७७ महिला गरी ४१ हजार ४४ जनाले मतदान गरेका थिए ।