झापा , बैशाख ३१ ।झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाले अग्रता लिएको छ ।

३०१ मत गणना हुँदा राप्रपाका रविन्द्रप्रसाद लिङदेनले १२९ मत ल्याएका छन् ।
दोस्रोमा एमालेका डम्बरबहादुर गिरी रहेका छन्। जसको मत ११५ रहेको छ।

त्यस्तै काँग्रेसका तुलसीप्रसाद ओलीले २२ तथा माओवादीका भवानीप्रसाद दंगालले १२ मत ल्याएका छन्।
उपाध्यक्ष पदमा एमालेका शान्ता देवी गौतमको ११६, राप्रपाका लक्ष्मीदेवी मैनालीको ९१ , स्वतन्त्र उम्मेद्वार लखन हेमरमको २९ तथा माओवादीका टिकादेवी राउतको १५ मत रहेको छ।
वडा नं १ को वडाध्यक्षमा हलोको ८६,सूर्यको १२६,रुखको २८ ,हसिया हथौडाको २२ मत रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्