झापा , बैशाख ३१ । कनकाई नगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले अग्रतालाई बढाउँदै लगेका छन् ।
वडा नम्बर ९ र ८ को मतगणना जारी रहँदा ९४९ मतको नतिजा सार्वजनिक गरिसकिएको छ । ९४९ मत गन्दा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले जेब्रा चुनाव चिन्हबाट नगर प्रमुख पदमा ४२१ मत ल्याएका छन् । दोस्रोमा सूर्यको २६३ मत आएको छ भने तेस्रो स्थानमा रहेको रुखले ९५ मत पाएको छ । यसैगरी हलोको ३८ मत आएको छ ।त्यस्तै उपप्रमुखमा सूर्य ३५७ , रुख २६४ ,राप्रपा ६८, एकीकृत समाजवादीले २९ मत पाएको छ । वडाध्यक्षतर्फ , वडा नं. ८ मा
सूर्य २१७,रुख २०४,हसिया हथौडा १६,हलो ५६,जेब्रा ९,त्यस्तै वडाध्यक्षतर्फ वडा नं. ९ मा सूर्य २०१,रुख ११२,साईकल १,जेब्रा २६ मत आएको छ ।