झापा , बैशाख ३१ ।झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाले अग्रता कायमै राखेको छ ।
१२०२ मत गणना हुँदा राप्रपाका रविन्द्रप्रसाद लिङ्देनले ५५७ मत ल्याएका छन् ।
दोस्रोमा एमालेका डम्बरबहादुर गिरी रहेका छन्। उनको मत ४२३ रहेको छ।
त्यस्तै काँग्रेसका तुलसीप्रसाद ओलीले ९२ तथा माओवादीका भवानीप्रसाद दंगालले ४० मत ल्याएका छन्। उपाध्यक्ष पदमा एमालेका शान्तादेवी गौतमको ३९७, राप्रपाका लक्ष्मीदेवी मैनालीको ४४४ , स्वतन्त्र उम्मेद्वार लखन हेमरमको १४३ तथा माओवादीका टिकादेवी राउतको ५६ मत रहेको छ। वडा नं १ को वडाध्यक्षमा हलोको ४४६,सूर्यको ४५६,रुखको १०६, हसिया हथौडाको ६५ मत रहेको छ ।