झापा, बैशाख ३१ । बाह्रदशी गाउँपालिकाको वडा नं १ का वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट टेकबहादुर राजवंशी निर्वाचित भएका छन् ।

उनीसंगै चारैजना वडा सदस्य नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।
वडाध्यक्षमा निर्वाचित राजवंशीले ५७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिष्पर्धी एमालेका शम्भूसिंह राजवंशीले ५६३. मत ल्याएका थिए ।

त्यस्तै खुल्ला वडा सदस्य पदमा विजयप्रसाद अधिकारी र सम्पतलाल गिरी , महिला सदस्यमा निर्मला राई र दलित महिला सदस्यमा गायत्री ऋषिदेव निर्वाचित भएका छन् ।
वडाध्यक्ष पदका लागि पाँच जनाको उम्मेद्वारी परेको थियो । उम्मेद्वारी दिनेमध्ये शम्भूसिह २०७४ मा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

वडाध्यक्ष पदका लागि माओवादी केन्द्रबाट भूमिराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तेजबहादुर राई र जनमत पार्टीबाट अघनलाल राजवंशी उम्मेद्वार रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्