दमक, जेठ १ । दमक वडा नं १ मा एमालेको प्यानल नै विजयी भएको छ ।
आज बिहान सार्वजनिक गरिएको मतपरिणाम अनुसार वडाध्यक्षमा एमालेका हरि नेउपानेको प्यानल विजयी भएको हो ।
मतपरिणाम अनुसार अध्यक्षमा नेउपानेले १२ सय ८८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी गठबन्धनका तारा अधिकारीले १२सय ६३ मत ल्याएका छन् । यसैगरी महिला र दलित महिला सदस्यमा एमालेका उम्मेद्वारले क्रमश १३सय १६ र १३ सय ९ मत ल्याएका छन् । यसैगरी खुला सदस्यमा क्रमश १२ सय ६६ र १२ सय २९ मत ल्याएर एमालेका उम्मेदवारहरु विजयी बनेका छन् । यो वडामा मेयरमा एमालेकी गीता अधिकारीले गठबन्धनलाई ४१ मतले पछाडी पार्दै अग्रता कायम राखेकी छन् । उपेमयरमा एमालेका अम्बिका खनालले ११सय ४९ ल्याउँदा गठबन्धनकी रेगिना प्रसाईंले १२ सय ८४ मत ल्याएर अग्रता कायम गरेकी छन् ।