झापा, जेठ १ । बाह्रदशी गाउँपालिकाको अर्को वडा पनि नेपाली कांग्रेसले जितेको छ ।

कांग्रेसले भर्खरै बाह्रदशी गाउँपालिका वडा नं २ मा प्यानलै जितेको हो । एमालेका उम्मेदवारलाई २५८ मतले पराजित गरी कांग्रेसका भीम कार्की वडाध्यक्षमा निर्वाचित भएका हुन् । कार्कीले १३३९ र उनका प्रतिद्वन्द्वीले १०८१ मत ल्याएका छन् । उनीसंगै चारैजना वडा सदस्य कांग्रेसबाट निर्वाचित भएका छन् ।
यसअघि वडा नं १ का वडाध्यक्षमा कांग्रेसको तर्फबाट टेकबहादुर राजवंशी प्यानलसहित निर्वाचित भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्