झापा , जेठ २ । झापाको कचनकवल गाउँपालिका वडा नं ४ मा नेपाली कांग्रेसले प्यानलै जितेको छ ।

भर्खरै सम्पन्न मतगणना अनुसार राप्रपाका मोहनचन्द्र गणेशलाई पराजित गरी ं वडाध्यक्षमा कांग्रेसका नुरुजजमा मिया प्यानलसहित निर्वाचित भएका हुन् । मियाले १२३६ र गणेशले ९३५ मत ल्याएका छन् ।
त्यस्तै खुल्ला सदस्यमा कांग्रेसका सन्तोषकुमार गणेश १०५१ , पहारसिंह गणेश १००५ र महिला सदस्यमा मुस्तकोमा मिया १०३५ मत ल्याई विजयी भएका छन् । यसअघि कांग्रेसका तर्फबाट दलित महिला सदस्यमा बिजली दास निर्विरोध भइसकेकी छन् ।