झापा , जेठ २ । झापामा नेकपा माओवादी केन्द्रले अर्को वडा पनि जितेको छ ।

हल्दिबारी गाउँपालिका वडा नं २ मा माओवादी केन्द्रले एउटा सदस्यबाहेक वडाध्यक्ष र बाँकी सदस्य जितेको हो । नेपाली कांग्रेसका कृष्णप्रसाद प्रसाईलाई पराजित गरी माओवादीका सुकलाल राजवंशी वडाध्यक्षमा जितेका हुन् । राजवंशीले १२६१ र प्रसाईले ११५५ मत ल्याएका छन् । राजवंशी निवर्तमान वडा सदस्य हुन् ।

त्यस्तै सदस्यहरुमा खुल्लातर्फ माओवादीका गणेशकुमार मगर १०१३ , महिला सदस्य रचना कुलुङ ११०७ र दलित महिला सदस्य अम्बिका तोलांगी ११०२ मतसहित विजयी भएका छन् । एउटा खुल्ला सदस्यमा भने एमालेका विष्णुबहादुर राई १०८७ मत ल्याएर निर्वाचित भएका छन् । यसअघि माओवादीले भद्रपुर ४ मा वडाध्यक्ष जितिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्