झापा, जेठ ३ । मेचीनगर नगरपालिकामा नेकपा एमालेले विजयी सुरुवात गरेको छ ।

वडा नं. १ मा एमालेको प्यानल नै विजयी भएको हो । आज विहान मतगणना सम्पन्न भएको वडा नं. १ को अध्यक्षमा एमालेका रामकुमार राई १५१४ मतले विजयी भएका छन् ।

त्यस्तै खुला महिला सदस्यमा तिलजा देवान १५३३, दलित महिला सदस्यमा सीता विश्वकर्मा १५५२ , खुला सदस्यतर्फ शान्तकुमार न्यौपाने १४६४ र चेतकुमार हुमागाईँ १४३५ मतले विजयी भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्