हल्दिबारी, जेठ ३ । हल्दिबारी गाउँपालिका वडा नम्बर– ४ मा राप्रपाको प्यानल विजयी भएको छ ।

निवर्तमान वडा अध्यक्ष नेपाली काँग्रेसका होमप्रसाद चुडाललाई हराउँदै राप्रपाका सन्तकुमार थापा वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

थापाले सापकोटालाई २७४ मतान्तरले हराएका हुन् । थापाले १०७२ र चुडालले ७९८ मत ल्याएका छन् । चुडालभन्दा एमालेका रञ्जित मेचेले बढी मत ल्याए । मेचेले ८१६ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यहरूमा राप्रपाबाट तारा ढकाल १३१३, सुरेन्द्र वाह्रकोटी १२३७, भगिरथा दाहाल र शान्तादेवी विश्वकर्मा ११७७ मतसहित निर्वाचित भएका छन् । यसअघि राप्रपाले हल्दिबारीको १ नम्बर वडामा पनि प्यानल जितिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्