झापा , जेठ ४ । बाह्रदशी गाउँपालिकाको वडा नं ६ मा वडाध्यक्ष रत्नप्रकाश योङहाङसहित नेकपा एमालेले प्यानल नै जितेको छ ।

आज बिहान सम्पन्न मतगणना अनुसार १०८० मत ल्याई एमालेका योङहाङ निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लेखराज सुवेदीले ७४१ मत प्राप्त गरेका छन् । त्यस्तै वडा सदस्यमा पनि एमालेकै उम्मेदवारहरु निर्वाचित भएका छन् ।

खुल्ला सदस्यमा भिष्मबहादुर बुढाथोकी १०२३ , गंगाराम धिताल ९७७, महिला सदस्यमा तारा थपलिया १०५५ र दलित महिला सदस्यमा सुखमाया विश्वकर्मा १०१४ मतले निर्वाचित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्