झापा, जेठ ४ । भद्रपुर नगरपालिका वडा नम्बर ८ मा गठबन्धनबाट नेपाली काँग्रेसका गौरव सुब्बा (मनोज) पुनः वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जगदिस जोशीलाई ६०७ मतान्तरले पराजित गर्दै काँग्रेसका सुब्बा दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् । माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गरेका काँग्रेसका सुब्बाले १२२८ मत ल्याउँदा जोशीले मात्र ६१९ मत ल्याएका छन् । राप्रपाका गणेश लिम्बू २१०, जसपाका डुक्पा राई ५० र राष्ट्रिय जनमुक्ति पार्टीका महमद असर्फ शेखले ५ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यतर्फ काँग्रेसले तीन र एमालेले एउटा जितेको छ । वडा सदस्यमा काँग्रेसका निमलाल राजवंशी ८२७, भगवती बस्नेत ९९२, लक्ष्मी परियार १०२३ र एमालेका तुलाराम राजवंशी ६७० मत ल्याएर निर्वाचित भएका छन् । गठबन्धनबाट माओवादीका सुरज रेग्मी पराजित भएका छन् ।

त्यस्तै बाह्रदशी ७ को वडाध्यक्षमा कांग्रेसका मित्रराज भट्टराई निर्वाचित भएका छन् । नेकपा एमालेका अमित राजवंशीलाई ५९ मतले हराउँदै भट्टराई निर्वाचित भएका हुन् । भट्टराईले ८६९ र राजवंशीले ८१० मत प्राप्त गरेका छन् । त्यस्तै एउटा खुल्ला सदस्यबाहेक सबै कांग्रेसले जितेको छ । खुल्ला सदस्यमा कांग्रेसका फेदुलाल राजवंशी ८५९ ,महिला सदस्यमा रानी मुर्मू ६९० र दलित महिला सदस्यमा सावित्री वि.क.७२५ मतले निर्वाचित हुँदा एउटा खुल्ला सदस्यमा नेकपा एमालेका मिलन संग्रौला ६४६ मतसहित विजयी भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्