बिर्तामोड, जेठ ५ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोडस्थित रामचोकमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड–४ का ५२ वर्षीय टंक काफ्ले रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । रामचोकस्थित सडक दक्षिणमा पार्किङ गरिएको ट्रक सडकमा निकाल्ने क्रममा पैदलयात्री काफ्लेलाई ठक्कर दिएको थियो ।

प्रदेश–१–१०–००१ ख ३५९४ नम्बरको ट्रक ब्याक गरेर सडकमा निकाल्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्ता सिटी अस्पताल पु¥याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्