झापा, जेठ ६ । दमक नगरपालिकाको नगर प्रमुख राप्रपाले जितेको छ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपाका उम्मेदवार रामकुमार थापा मेयरमा निर्वाचित भएका हुन्।थापाले १७५२५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६९६६ मत प्राप्त गरेकी छिन्।
उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई १७०५२ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रतिष्पर्धी एमालेका अम्विकाप्रसाद खनालले १६५७४ मत प्राप्त गरेका छन्।
एमाले उम्मेदवार अधिकारीलाई पराजित गर्दै दमक नगर प्रमुख बनेका थापा कांग्रेस, माओवादीसहितको ६ दलीय गठबन्धनबाट चुनावी मैदानमा थिए। एमाले एक्लै प्रतिस्पर्धामा थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्