बिर्तामोड, जेठ ७ । स्थानीय तहको निर्वाचनमा वडाबाट उम्मेदवारी दिएका पार्टीका उम्मेदवारले पराजय व्यहोरेपछि नेपाली कांग्रेस बिर्तामोड ८ का वडा सभापतिले पार्टी परित्याग गरेका छन् ।

वडा सभापति उत्तम कटुवालले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । गत बैशाख ३० गते सम्पन्न निर्वाचनमा बिर्तामोड नगरपालिकाका १० वटा वडामध्ये १,२,३,४,७ र ९ नेकपा एमालेले जित हासिल गरेको छ भने ५, ६ र १० मा कांग्रे्रेस विजयी भएको छ ।यस्तै वडा नम्बर ८ मा राप्रपाको प्यानल नै विजयी भएको छ । सो वडामा निर्वाचन लडेका कांग्रेसका उम्मेदवार चिरन्जिवी कार्की पराजित भएका छन् । आफ्नो ब्यक्तिगत सामाजिक संजालमार्फत उनले वडा सभापति र साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्