झापा , जेठ ८ । उदयपुरको कटारी नगरपालिका-११ गोठडाँडामा चटयाङ लागेर एक युवतीको मृत्यु भएको छ ।

घरमा बसिरहेको बेला वर्षातसँगै परेको चट्याङले लागेर स्थानीय ४५ वर्षीया भक्तकुमारी बुढाथोकीको मृत्यु भएको प्रहरी निरीक्षक मोहन थापाले बताए । चट्याङ लागेर घाइते बुढाथोकीको उपचारको क्रममा मध्याह्न मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्