सारदा खवास,
दोहा । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि साउदी अरबका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्ध लगाइएको छ ।

साउदी गजेट र अल रियाद अखबारका अनुसार साउदी जनरल डाइरेक्टोरेट अफ राहदानीले नागरिकहरूलाई लेबनान, सिरिया, टर्की, इरान, अफगानिस्तान, भारत, यमन, सोमालिया, इथियोपिया, प्रजातान्त्रिक गणतन्त्र कंगो, लिबिया, इन्डोनेसिया, भियतनाम, आर्मेनिया, बेलारुस, र भेनेजुएलाको यात्रा गर्न निषेध गरिएको हो ।

राहदानी महानिर्देशनालयले विदेश यात्रा गर्न चाहने नागरिकहरूलाई अरब राष्ट्रहरुमा यात्रा गर्दा राहदानीको वैधताको बाँकी अवधि ३ महिना र अन्य देशहरूमा ६ महिनाभन्दा बढी र बाँकी अवधि बाँकी रहेको सुनिश्चित गर्न पनि जोड दिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्