भद्रपुर, जेठ ११ । भद्रपुर नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित नगर प्रमुख तथा वडाध्यक्षलगायतका जनप्रतिनिधिलाई सम्मान गरिएको छ ।

सेवा निवृत्त कर्मचारी समाज झापाद्वारा भद्रपुरका नगर प्रमुख गणेश पोखरेल, वडाध्यक्षहरू भद्रपुर २ का रामबहादुर कँडेल, भद्रपुर ५ का बन्धु कार्की, ६ का रतिया राजवंशी र ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजलाई सम्मानसहित कार्यकाल सफलताका लागि बधाई दिइएको हो ।

समाजका अध्यक्ष धनप्रसाद शिवाकोटीको अध्यक्षता तथा नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष रेखा अधिकारी तथा सञ्चालन सचिव चेतनाथ भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्