झापा , जेठ १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्स संक्रमण भित्रिन नदिन मंकीपक्स फैलिएका मुलुकबाट आएका यात्रुहरूलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ ।

मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले नियमित प्रेस ब्रिफिङमा मंकीपक्स नेपाल भित्रिन नदिन सो नियम पालना गर्न अनुरोध गरेका हुन् । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार हालसम्म १९ देशका १३१ जनामा मंकीपक्स संक्रमण पुष्टि भइसकेको छ भने थप १०६ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्