झापा , जेठ १३ । झापा र मोरङबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका ८ का २१ बर्षीय पवन बासफोर , २४ बर्षीय आशिष राजबंशी र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का २३ बर्षीय दिपक चौधरी रहेका छन् । हिजो बेलुका ४ बजे प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बासफोर र राजबंशीलाई लुपिजेसिक ३५ एम्पुल, फेनारगन ३७ एम्पुल, डाईजेपाम ३५ एम्पुल, लेबल बिनाको ३ एम्पुल र लागूऔषध लोड भएको १०m िको सिरिन्ज १ थानसहित घरैबाट पक्राउ गरिएको हो भने हिजै बेलुका साढे ४ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई विराटनगर महानगरपालिका १६ दरैयाबाट लागूऔषध लुपिजेशिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाईजेल्याब १२ एम्पुल,फेनारगन १२ एम्पुल, नाईट्रोसन २० ट्याब्लेटसहित पक्राउ गरिएको हो । पक्राउ परेका तिनैजना उपर थप अनुसन्धान भईरहेको छ ।