बिर्तामोड , जेठ १४ । व्यावसायिक रुपमा अघि बढ्दै गएका बिर्तामोडका राउत दाजुभाइले अर्को उत्पादन शुरु गरेका छन् ।

बिर्तामोड ४ का दिपेन्द्र राउत र उमेश राउतले पछिल्लो पटक बेकरी शुरु गरेका हुन् । उनीहरुले बिर्तामोडको शनिश्चरे रोडमा २५ लाख रुपैयाँको लगानीमा वेकरिज – द केक सप संचालनमा ल्याएका छन् । जसको जेठ १५ गते उद्घाटन रहेको छ । बेकरीज द केक सफ, केकको लागि उत्कृष्ट उत्पादन रहने भन्दै संचालकहरुले केक एगलेस रहने र केकको साथसाथै बेकरीका अन्य उत्पादन पनि रहने जानकारी दिएका छन् । साथै फुड आइटमहरु मम, चाउमिन, पिज्जा, वर्गर , फ्राई राईस , विरयानी ,कफीलगायतका भेज र ननभेज स्न्याक्स पनि पाउन सकिने हिजो पत्रकार सम्मेलन गरी बताएका छन् । १० किमी वरीपरि फ्रि होम डेलिभरी सुविधा दिएको संचालक दिपेन्द्र राउतले बताए । ‘विहान ७ बजेबाट बेलुका ८ बजेसम्म हाम्रो पसल खुल्ला रहने छ’ उनले भने ,‘पारिवारिक वातावरणमा खाजा खान सकिने छ । जन्मदिन मनाउनेका लागि विषेश छुट उपलव्ध गराइने छ भने उद्घाटनको अवसरमा केक वुक गर्दा २० प्रतिशत सम्म छुट उपलव्ध गराईने छ । ’

बेकरीज द केक सपमा वारिष्टाको तालिम पनि उपलव्ध गराइदै आएको अर्का संचालक उमेश राउतले बताए । विदेश जाने विद्यार्थी तथा स्वदेशमै आफै सीप सिकेर व्यावसायिक बन्न चाहनेका लागि वारिष्टा क्लास संचालनमा रहेको भन्दै उनले चाँडै बेकरीको सीप मुलक तालिम पनि संचालन गरिने उनले जानकारी दिए । निकट भविष्यमा देशभरि नै आफ्नो सेवा विस्तार गर्ने लक्ष्य रहेको उनले बताए । यसअघि राउत दाजुभाइले पल क्रिएशन ,आइसक्रिम , उडपिकर फर्निचरजस्ता व्यवसाय संचालन गर्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्