झापा , जेठ १६ । बिर्तामोडमा चोरीका घटनामा बृद्धि भएको छ ।

एकपछि अर्को घटना हुनेक्रममा पछिल्लो पटक बिर्तामोड ३ मा चोरी भएको हो । शनिबार बिहान ३ बजे बिर्तामोड ३ का गोकुल अधिकारीको घरबाट मोबाइल र नगद चोरी भएको पीडितले बताएका छन् । झ्यालबाट लठ्ठी छिराएर मोबाइल फोन र पेन्टको गोजीमा भएको नगद १०२५ रुपैयाँ चोरी गरेको अधिकारीले बताए ।

गत वर्ष पनि उनको घरबाट ट्युवेलको हेड चोरी भएको थियो । बिर्तामोडमा चोरीका घटनामा कमी हुन सकेको छैन । चोरी नियन्त्रणका लागि नियमित गस्ती गर्ने गरेको र केही व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कार्वाही गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्