भद्रपुर , जेठ १६ । सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको आयोजनामा फोहोर नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

चन्द्रगढी बजारमा जथाभावी फ्याकिएका फोहोरलाई डस्टविनमा राखी नगरपालिकाको गाडीमा पठाउन अनुरोध गर्दै जनचेतनामूलक कार्यक्रम गरिएको सेवा केन्द्रले जनाएको छ । साथै भद्रपुर–बिर्तामोड सडकखण्डको लेखनाथ चौक आसपासमा बिग्रेको सडकलाई ब्यबस्थित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको सचिव धनप्रसाद शिवाकोटीले बताए ।

भद्रपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष टेकबहादुर खड्का ( काजी) को प्रमुख आतिथ्य र केन्द्रका अध्यक्ष दुर्गाप्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यमाथि वरिष्ठ उपाध्यक्ष बाबुराम कार्कीले प्रकाश पारेका थिए । उपाध्यक्ष मिरा संजेलले स्वागत गरेको कार्यक्रमको संचालन सचिव शिवाकोटीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्