झापा, जेठ १९ । धनकुटा र मोरङबाट लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरिएको छ ।

हिजो बिहान साढे १० बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ आउँदै गरेको को१ज ३३२३ नम्बरको बोलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा जेब्रा झोला भित्र लुकाएर ल्याएको लागूऔषध गाँजा ९ केजी ५०० ग्राम फेला परेको थियो । गाँजा फेला परे पश्चात सोही गाडीमा सवार धनकुटा सहिदभुमी गाउँपालिका २ का २० बर्षीय उपेन्द्र बिसुंखे र गाडी चालक सहिदभुमी गाउँपालिका ३ का २९ बर्षीय लोकेन्द्र राईलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनकुटामालगि थप अनुसन्धान भईरहेको छ । यसै गरी हिजो राति पौने ११ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थाई प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका २ सिरुझार बस्ने २७ बर्षीय सोम तामाङलाई घरैबाट लागूऔषध गाँजा १ केजीसहित पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्