झापा, जेठ १९ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2022/06/thumb.jpg)
निगमले ती सबैमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो ।
घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ । अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायोजन गर्न भनेअनुरुप निगम संचालक समितिको बैठकले मूल्य घटाएको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ ।