झापा , जेठ २० । कोभिड-१९ महामारीका कारण अध्ययन पूरा गर्न नपाउँदै नेपाल आएका विद्यार्थी फेरि चीन फर्किन पाउँने भएका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एमबीबीएस तथा अन्य विधाका विद्यार्थीलाई चीन फर्किने व्यवस्था गरेको हो । त्यसका लागि मन्त्रालयले पहिलो चरणमा २ सय ८१ जनाको नाम सार्वजनिक गरेको छ । फर्किने सूचीमा परेका विद्यार्थीलाई पुनः भिसा प्रक्रिया अघि बढाउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।