झापा , जेठ २२ । लामो समयदेखि घर खरिद बिक्री (रियल स्टेट) व्यवसायमा संलग्न नेपाली युवा व्यवसायी अनिलबाबु अर्यालले क्यालिफोर्नियाको ओकल्याण्डस्थित लिंकन युनिभर्सिटीबाट मानार्थ विद्यावारिधि पिएचडी उपाधि हासिल गरेका छन् ।

व्यवसायी अर्यालले नेपाली समुदायमा घर खरिद बिक्री ब्यवसाय मार्फत नेपाली समुदायमा पुर्याएको योगदान र सहयोगको कदर स्वरुप सो पिएचडी उपाधि दिइएको विश्वविद्यालयले जनाएको छ । हरेक विधामा उत्कृष्ट योगदान पुर्याउनेहरुलाई सो विश्व विद्यालयले विद्यावारिधिको उपाधि प्रदान गर्दै आएको छ । बाणिज्य प्रशासन (विजनेश एडमिनिष्ट्रेशन)मा मानार्थ विद्यावारिधि उपाधि प्राप्त गर्ने अर्याल पहिलो नेपाली व्यवसायी हुन् । अमेरिकाको होम स्न्याप कम्पनीले गरेको सर्वेक्षणको शीर्ष ५ प्रतिशतमा अर्यालको नाम प्रकाशित भएको थियो । सोही आधारमा लिंकन विश्वबिद्यालयले उनलाई विद्यावारिधिको लागि छनौट गरेको थियो । विद्यावारिधी उपाधि पाउनु गौरवको विषय भएको बताउदै ब्यवसायी अर्यालले आफूलाई यसवाट थप उत्साह र प्रेरणा मिलेको बताए । सन् १९८७ मा गोरखामा जन्मेका अर्याल उच्च शिक्षा अध्ययनको लागि २००७ मा अमेरिकाको पश्चिम भर्जिनियामा आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्