झापा, जेठ २३ । ओखलढुङगाको मोलुङ गाउँपालिका-६ मंगलबारे बस्ने ५५ बर्षीया दुधमाया कट्वालको रुखबाट लडेर मृत्यु भएको छ ।

हिजो बिहान ८ बजे घरबाट अन्दाजी २ कि.मि. दक्षिणमा रहेको पाखाबारीमा बाझको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय बरुणेश्वर र प्रहरी चौकी श्रीचौरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्