झापा, जेठ २४ । झापाको गौरिगंज गाउँपालिका ५ फत्तेपुर बस्ने शिवलालसिंह गनगाईको १७ बर्षीय छोरा रोहित सिंह गनगाईको जेनेरेटरबाट करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो बिहान ८ बजे छिमेकीको बिहेमा जेरेटरको तार खोल्ने क्रममा करेन्ट लागि घाईते भएका गनगाईको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा बिहान साढे ८ बजे मृत्यु भएको हो । घटनास्थलमा ईलाक प्रहरी कार्यालय गौरिगंजबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्