झापा , जेठ २४ । सुनसरीको हरिनगरा गाउँपालिका-४ बाट कटुवा पेस्तोलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत अररिया बबुवान पन्चायत घोर्नाथानाका २७ बर्षीय ओम प्रकाश पाल रहेका छन् । बिशेष सुचनाको आधारमा आज राति साढे १ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी निरीक्षकको टोलीले हरिनगरा ४ का डोमी मेहेताको घरमा पाहुना आएका पालको द्यच् घढव् टडघछ नम्वरको मोटरसाईकलको डिकि भित्र प्लास्टिकमा बाँधी लुकाई राखेको कटुवा पेस्तोल १ थान र ३ राउण्ड गोलीसहित बरामद गरेको हो । कटुवा पेस्तोलसहित पक्राउ परेका पालको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्