झापा , जेठ २४ । झापामा अप्राकृतिक मैथुन मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर न.पा.वडा नं.१ का २४ वर्षिय सुक्लो सोरेन रहेका छन् ।
झापा जिल्ला अदालतको २०७३ असार २९ गतेको फैसला पुनरावेदन परी उच्च अदालत बिराटनगर ईलाम ईजलासबाट २०७५ फागुन १ गते भएको फैसला बमोजिम अप्राकृतिक मैथुन मुद्धामा उनलाई ६बर्ष ८ महिना २० दिन कैद र पीडितलाई रु.१० हजार क्षतिपूर्ति भराउनु पर्ने सजाय सुनाइएको थियो ।

फरार रहेका सोरेनलाई जिल्ला .प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएको थियो । अदालतको आदेशले उनलाई कैद भुक्तानको लागि कारागार पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्