झापा , जेठ २५ । गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एकजना पत्रकारको मृत्यु भएको छ।

धुर्कोट गाउँपालिका–४ जैसीथोकका ३४ वर्षीय घनश्याम पोखरेलको मंगलबार मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ। उनी आफ्नै घरभन्दा केही दक्षिण हिजो दिउँसो २ बजे आँपको रूखबाट लडेका थिए। उपचारका लागि गुल्मी अस्पतालमा ल्याए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

उनी नवलपरासीस्थित रेडियो दौतरीका स्टेसन म्यानेजर तथा प्रेस सेन्टर नवलपरासीका अध्यक्ष थिए। भेटघाटका लागि पाँच दिनअघि पोखरेल घर आएका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्