झापा , जेठ २५ । मोरङको बिराटनगर महानगरपालिका-११ बाट अवैध रुपमा भण्डारण गरि राखेको खाध्यान्नका सामग्रीहरु प्रहरीले बरामद गरको छ ।

हिजो दिउसो ११ बजे बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बिराटनगर-११ मा रहेको शिवम गणपती ट्रेडिङको गोदाममा भन्सार छली चोरी पैठारी गरि अवैध रूपमा भण्डारण गरि राखेको बिना बिलको अन्दाजी मुल्य ६ लाख ७१ हजार रुपैया बरावरको मासको दाल १९७ बोरा, पहेलो तोरी ४ बोरा, केराउ ४ बोरासहित २०५ बोरा खाध्यान्नका सामग्री बरामद गरेको हो । बरामद भएका उक्त सामग्रीहरु आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्