झापा , जेठ २५ । झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ ले आफ्नो वडामा सुत्केरी भएका आमा र बच्चाको पोषणको लागि ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।

वडा अध्यक्ष महावीर लिम्वूका अनुसार यही चालु आर्थिक वर्ष साउनदेखि लागू हुनेगरी सुत्केरी आमाहरू र बच्चालाई पोषण उपलब्ध गराउने हेतुले ५ हजार सहयोग गर्न लागिएको हो । आदिवासी समुदायको बाहुल्य रहेको उक्त वडाका नागरिकको मृत्यु भएमा पनि क्रिया खर्च वापत ५ हजारसहित समवेदना पत्र वडाले लैजाने वडाको पहिलो मिटिङ्ग्ले निणर्य गरेको अध्यक्ष लिम्वूले बताए । वडा अध्यक्ष लिम्बूका अनुसार साविक घेराबारी गा.पा. रहेको वडा नम्बर १ का किसानको हितको लागि भोल्टेज सुधार कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बड्न लागिएको बताएका छ्न । त्यस्तै सामाजिक सुरक्षा भत्ताका कारण बृद्ध अवस्थाका नागरिकले पाएको कष्टलाई मध्य नजर गर्दै वडा कार्यालय नजिकैको बैंकबाट भत्ता उपलब्ध गराउने पहलकदमी शुरु गरिएको उनले बताए । युवा विद्यार्थीहरुको लागि खेलकुदलाई महत्वका साथ हेरेका लिम्बूले खेलकुद विकासको लागि गाउँपालिका स्तरीय र वडा स्तरीय समिति मार्फत उपलब्धि उन्मुख कार्ययोजना सहित काम गर्ने बताएका छन् । आदिवासी समुदायका कारण पन्जिकरणमा देखिएको समस्यालाई हल गर्न समेत सुत्केरी र क्रिया खर्च सहयोगले मद्दत पुग्ने उनको धारण रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्