झापा , जेठ २६ । मोरङको दुई छुट्टा छुट्टै स्थानबाट अवैधरुपमा भन्सार छली गरि नेपाल ल्याउदै गरेको समान प्रहरीले बरामद गरेको छ ।

विषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका बिराटनगर महानगरपालिका-१२ बाट अबैधरुपमा भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउदै गरेको अन्दाजि १ लाख ९४ हजार मुल्य बरावरको बिभिन्न प्रकारका लत्ता कपडाहरु र बिराटनगर-६ स्थित केसलिया रोडबाट ना.४ख १६७८ नम्वरको ट्रकमा अन्दाजी मुल्य २३ लाख ७५ हजार मुल्य बरावरको ५०० बोरा मकै अवैध रूपमा भन्सार छलि भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा चालकसहित नियन्त्रणमा लिएको हो । बरामद गरिएका उक्त सामग्रीहरु आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्