बिर्तामोड , जेठ २७ । कर्णाली बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी चढेको गाडी इलाममा दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी संस्थाका उपाध्यक्ष बिर्तामोड ३ निवासी ५७ वर्षिय इश्वरीप्रसाद खरेलको मृत्यु भएको हो ।

कर्णाली साकोसका पदाधिकारी चढेको प्रदेश १ –०१–००१६–९१९३ नम्बरको स्कोरपियो बिर्तामोडबाट इलामको फिक्कलतर्फ जादै गर्दा साँझ ७.३० बजेतिर सूर्योदय नगरपालिका ७ स्थित सुकेपोखरीनजिक बाटोभन्दा सय मिटर तल झरेको प्रहरीले बताएको छ ।

दुर्घटनामा परी उपाध्यक्ष खरेलको मृत्यु भएको छ भने सहकारीका अध्यक्ष बिर्तामोड ३ निवासी ७० वर्षिय टिएस प्रधान , कोषाध्यक्ष बिर्तामोड ८ निवासी ४५ वर्षिय एकराज विष्ट , सहकारीका सदस्य बिर्तामोड ५ निवासी ५० वर्षिय गणेश पराजुली, कर्मचारीहरु बिर्तामोड ४ का ५३ वर्षिय सन्तोष श्रेष्ठ र बिर्तामोड ४ का ४५ वर्षिय डिल्ली बस्नेत घाइते भएका छन् । घाइतेमध्ये चालक गणेश पराजुलीको अवस्था सामान्य रहेको छ भने अन्यको अबस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताए । उनीहरुको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । गाडीमा ६ जना सवार रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्