बिर्तामोड , जेठ २८ । भट्टराई कुलवंश प्रतिष्ठान बिर्तामोड नगर समितिको चौथो अधिवेशन र उभौली गोठधूप कार्यक्रम सम्पन्न भएको छ ।

सम्पन्न अधिवेशनले नगर समिति सर्वसम्मत निर्वाचित गरेको छ। बुद्धिराम भट्टराईको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा मातृकाप्रसाद भट्टराई,महिला उपाध्यक्षमा तारादेबी भट्टराई ,सचिव बद्रीप्रसाद भट्टराई ,सहसचिवमा ताराप्रकाश भट्टराई र कोषाध्यक्ष डम्बरबहादुर भट्टराई रहेका छन् । त्यस्तै सदस्यहरुमा टीकाप्रसाद भट्टराई, हरिहर भट्टराई , गंगाराम भट्टराई , भानुभक्त भट्टराई, सुशिल भट्टराई, टेकप्रसाद भट्टराई, रामचन्द्र भट्टराई , रत्नबहादुर भट्टराई, टिकाराज भट्टराई र दिपा भट्टराई रहेका छन् ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय सचिव जिवराज भट्टराई, केन्द्रीय कोषाध्यक्ष मनोजकुमार भट्टराई र झापा जिल्ला अध्यक्ष धर्मेन्द्र भट्टराईले शुभकामना मन्तव्य राखेका थिए। नगर अध्यक्ष बुद्धिराम भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सहसचिव देवीप्रसाद भट्टराईले गरेका थिए भने संचालन सचिव मातृका भट्टराईले गरेका थिए।

सोही कार्यक्रममा भट्टराई बन्धुहरुको उभौली गोठपुजा सम्पन्न भएको छ भने बिर्तामोडका भट्टराई बन्धुहरूले केन्द्रीय अक्षयकोषको लागि रकम प्रदान गर्ने घोषणा गरेका छन्। पदमलाल भट्टराई एक लाख एकाउन्न हजार, सुवास भट्टराई एकलाख एघार हजार, बुद्धिराम भट्टराई एकलाख एघार हजार, गोपाल भट्टराई एकलाख एघार हजार र गणेशकुमार भट्टराईले एक लाख एघार हजार रुपैयाँ दिने घोषणा गरेका छन्। बिर्तामोड नगरपालिका क्षेत्रमा ३५० घरधुरी भट्टराईहरुको बसोबास रहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्