झापा , जेठ २९ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ लिम्बाका ७१ वर्षीय रिंकनाथ आङबुहाङको भीरबाट लडेर मृत्यु भएको छ ।

घरबाट शनिबार बिहान स्थानीय कन्याटार बजार गएका उनी साँझसम्म पनि नर्फेपछि खोजतलास गर्ने क्रममा उनको शव भीरबाट लडेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय रविले जनाएको छ । आङबुहाङको शव पोष्टमार्टमका लागि आधारभूत अस्पतालमा ल्याउनुका साथै घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्