झापा , जेठ ३० । इटहरी उपमहानगरपालिका बजार क्षेत्रको बस्तीमा चितुवा पसेपछि स्थानीय त्रसित भएका छन् ।
ईलाका प्रहरी कार्यालयका अनुसार उपमहानगरपालिका-६ स्थित जुट विकासमा सोमबार बिहान करिब साढे ५ बजेतिर चितुवा देखिएको हो । चितुवा नियन्त्रण नहुँदा सर्वसाधारण आतंकित बनेका छन् । स्थानीयवासीले तत्काल चितुवा नियन्त्रण गर्न माग गरेका छन् । सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले चितुवा नियन्त्रणमा नलिउन्जेल सर्वसाधारणलाई घर बहिर निस्कन रोक लगाएको जानकारी दिए । कोशी टप्पु वन्यजन्तु आरक्षका कर्मचारी परीक्षामा रहेकाले चितुवा नियन्त्रण गर्न समय लाग्ने उनले बताए ।