झापा , जेठ ३० । सुनसरीको बराहक्षेत्र नगरपालिका-४ मा बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बराहक्षेत्र ४ का ३० बर्षीय देबराज धामी रहेका छन् । हिजो बिहान पौने ६ बजे देबराजले आफ्नै भाई १८ बर्षीय देवकुमार धामीलाई सामान्य वादविवाद हुँदा बन्चरोले टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएका थिए । घाईते देवकुमारलाई घर परिवारका मानिसले तत्कालै उपचारको लागि बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । बन्चरो प्रहार गरी भाईको हत्या गर्ने देबराजको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान गरिरहेको छ ।