झापा , जेठ ३१ । विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुईजना विदेशी नागरिक २४ दिनदेखि सम्पर्कविहीन छन् ।

गत जेठ ५ गते खुम्बु आएका भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियन नागरिक ५० वर्षीया महिला योहन सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक उमाशंकरप्रसाद शाहका अनुसार जेठ ५ गते मन्जो चेकपोष्टमा इन्ट्रि भएर आधारशिविरतर्फ लागेका ती दुवै पर्यटक त्यस यता सम्पर्कमा आउँन सकेका छैनन् । भारतीय नागरिक सम्पर्कविहीन भएको भन्दै खोजीमा सहयोग गरिदिन भारतिय दुतवासबाट टेलिफोन आएको र कोरियन नागरिक परिवारको सम्पर्कमा नभएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । गाईड विना खुम्बु घुम्न आएका उनीहरुको खोजीका लागि सकृय भएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्