झापा , जेठ ३१ । गृह मन्त्रालयले परीक्षणको रुपमा रहेको सप्ताहिक दुई दिने विदा खारेज भएको जनाएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन विदा दिने निणर्य खारेज भएको जनाएको छ । दुई दिने विदा खारेज भएसँगै असार १ गतेदेखि कार्यालय समय विहान १० बदेखि अपरान्ह ५ बजेसम्म कायम गरिएको छ । असार १ देखि कात्तिक १५ गतेसम्म र माघ १५ देखि चैत मसान्तसम्म १० बजेदेखि ५ बजेसम्म कार्यालय समय रहनेछ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय समय तोकिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार शुक्रबार भने कार्यालय समय १० देखि ३ बजेसम्म रहनेछ ।




