झापा , जेठ ३१ । चर्चित हास्य श्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा राजको भुमिकाबाट चर्चित कलाकार राज आचार्य विवाह बन्धनमा बाँधिने भएका छन् ।

आचार्यले म्युजिक भिडियो मोडल सुनिशा बजगाईसँग विवाह गर्न लागेका हुन् । राजको र सुनिशाको विवाह हुन लागेको राजका बुबा कलाकार शंकर आचार्यले पुष्टि गरे । उनले राजको विवाह समारोह ७ असारमा आयोजना गरिने जानकारी दिए । बालकलाकारको रुपमा अभिनय सुरु गरेर आफुलाई स्थापित गराउन सफल राजले अहिले सिए (चार्टर एकाउन्टेन्ट) को अध्यायन समेत सकाएका छन् । केहि म्युजिक भिडियोमा समेत काम गरेका राज र सुनिशाले केही बर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । सुनिशा पेशाले मोडल हुन् । उनका मोडलिङ रहेको केही प्रोजेक्ट सार्वजनिक भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्