बिर्तामोड , असार २ । झापाको झापा गाउँपालिका-३ कल्लामारी स्थित भित्रि सडक खण्डमा ट्याक्टरको ठक्करबाट १ जना मोटरसाईकल चालकको मृत्यु भएको छ ।

हिजो दिउँसो सवा २ बजे मे. १ त ४४१८ नम्बरको ट्याक्टरले मे .११ प २८२२ नम्वरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २० बर्षीय अख्तर अलिको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । उक्त ट्रयाक्टर र चालक प्रबिज आलमलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्